मेरो राष्ट्रियता बिक्रिमा छ !

मरूभुमिबाट आधा जलेको शरीर लिएर स्वदेश फर्कदा,

म, आफुलाई काँडेतारको सिमामा छेकिएको पाउछु  !

हृदय तपेको समयमा मातृभूमीको शितलता दिलाउन नसक्ने,

नागरिकताले मेरा लागि के अर्थ राख्छ ?

मेघ गर्जनको स्वरले आक्रान्त मेरो आँत अन्न माग्छन,

आँखाको नुनिलो समुन्द्र चुहिएर ओठसम्म आइपुग्छन !

मलाई त्यस्तो त्यस्तो नागकिताको के काम ?

जुन कागजले मेरो भोक, प्यास मेट्ने सामर्थ्य राख्दैन !

अन्यायको क्षितिज सँधै मेरै धुरीमा ठोक्किन आइपुग्छ,

अनि, मैले न्याय माग्न आफ्नै परिवारको रगतले आँगन पोत्नुपर्छ !

मेरो नागरीकताले मलाई, नागरीक हुनुको आभाष दिलाउन सक्दैन,

त्यस्तो नश्लिय न्यायको प्रत्याभूती गर्ने, वर्गिय कागजको मलाई के वास्ता ?

मैले पाएको नागरीकताले मेरो अधिकारको सुरक्षा गर्न सक्तैन,

म र मेरो परिवारले भोग्ने अन्यायको वकालत गर्न सक्दैन !

एक फगत कागजी खोस्टो हो, मैले पाएको प्रमाणपत्र ।

त्यसैले म, मेरो नागरीकता बेच्न चाहन्छु, लीलामी गरेर !

मेरो राष्ट्रियता बिक्रीमा छ, तिमि किन्छौ मेरो नागरीकता ?

मलाई सपनाहरुको तुसारोबाट बच्न, आँङ ढाक्ने वस्त्र किन्नु छ ।

 

@suzzanadhikary

 

 

One Response

  1. बादल अधिकारी
    April 27, 2020

Leave a Comment