सनातन सभ्यता संस्कार कि कु-संस्कार ?

सनातन सभ्यता संस्कार कि कु-संस्कार ?विश्वका विभिन्न ठाँउ र क्षेत्रमा आ—आफ्नै किसिमको सभ्यता र संस्कृति प्रचलित छन् । हिन्द महासागरको किनार क्षेत्रमा बसोवास गर्ने हिन्दुहरुको पनि आफ्नै सांस्कृतिक मूल्य र मान्यताहरु छन् । यहाँ प्रयोग हिन्दु शब्दले सनातनी, मुस्लिम, क्रिश्चियन आदि सबैलाई समेट्दछ । कारण हिन्दु शब्दले क्षेत्रको प्रनिनिधित्व गर्दछ न कि सम्प्रदायको । आउँदाका हरफहरुमा हिन्दुको होइन,‘प्राचीन—हिन्दु’ यानी ‘सनातनी’ वर्गको चर्चा गरिनेछ ।

कथित हिन्दु सम्प्रदाय ‘हिन्दु’ नभई वास्तवमा सनातनी हुन् । जसको व्याख्या आदिम हिन्दु साम्प्रदायिक ग्रन्थहरुमा पाउन सकिन्छ । यदि वर्तमान रीतिथिति र चालचलनलाई यतै छाडेर इतिहासको समय यात्रामा जाने हो भने आज तथ्यहीन र अवैज्ञानिक भनिएका कैयन सनातनी मान्यताहरुले हदैसम्मको वैज्ञानिक भार बोक्छन् भन्ने तथ्य पुष्टिसहित प्राप्त गर्न सकिन्छ । तीमध्ये केहीको मर्म खोतल्ने प्रयास तपशीलका हरफहरुले गर्नेछन् ।

वनस्पति पुजन

मानव सृष्टिको सुरुवात पूर्व नै वृक्षको उत्पत्ति भएको व्याख्या आधुनिक विज्ञान र प्राचीन ग्रन्थ दुवैले स्वीकार गर्छन् । धर्तिमा वृक्ष—वनस्पतिको महत्व कति छ भनेर मैले वर्णन गर्नुभन्दा अघि धेरैले आफ्नो कलमको मसी रित्याइसकेका छन् । त्यसैले मेरा तुच्छ शब्दको जरुरत पर्दैन जस्तो लाग्छ ।

हामीमा एउटा खराब आदतले वास गर्या छ । आवश्यक पर्दा मात्र महत्वको चर्चा गर्ने । हामीसँग अझै केही वनजन्य धन शेष छ । त्यसैले घोडा बेचेर सुतिरहन कुनै संकोच छैन । जसको रित्तिईसक्यो उनीहरुको निद्र चिरनिद्रामा छ । संरक्षण र सम्मेलनका नाममा अर्बौ रुपैया बगाएका छन्, बुझ्न थालेका छन् । पैसाले जीवित रुख किन्न सकिएला तर रुखको जीवन किन्न सकिदैन ।

एकैछिन आजको यस वृक्ष अनिकाललाई प्राचीन ऐतिहासिक संस्कारसँग दाँजी हेरौँ । आदिम हिन्दुहरुले बोट विरुवालाई आफ्नो सौख पूरा गर्ने साधन मात्र बनाएनन् । दैनिक जल चढाए, पूजा अर्चना आदि गरे । सरसर्ती हेर्दा हामी स्तुतीगान, बन्दना उसैको गर्छौ जसले हामीलाई केही दिएको हुन्छ । सनातनीले पनि वनस्पतिको योगदानको उच्च कदरको प्रयास गरेका हुन् पुजनको माध्यमबाट ।

तुलसीको महिमा एक होइनन् अनेक छन् । त्यसैले त तुलसीलाई महाऔषधि भन्ने गरिन्छ । एकमात्र यस्तो विरुवा जो चार प्रहर प्राणवायु प्रवाहमा तत्पर छ । तुलसीको वायुमण्डल वरपर हानिकारक जीवाणु सल्बलाउन सक्तैनन् । जरादेखि फलसम्म भिन्न भिन्न औषधिय गुणले भरिपूर्ण छन् । काम नलाग्ने केही छैन । तुलसी झारपात यानी पोथ्रा वर्ग अन्तर्गत पर्दछ । जरा सतही हुने हुँदा पर्याप्त पानी सोस्न मुस्किल हुन्छ । हामीले चढाउने जलले यसको दैनिक प्रकाश सश्लेषण प्रक्रियामा मद्दत पुग्न सक्छ । हाम्रो प्राण जोगाउने, हितैसीको प्राण जोगाउने चेष्टा कर्मकाण्ड मात्र हुन सक्ला ?

तुलसीको महिमा एक होइनन् अनेक छन् । त्यसैले त तुलसीलाई महाऔषधि भन्ने गरिन्छ । एकमात्र यस्तो विरुवा जो चार प्रहर प्राणवायु प्रवाहमा तत्पर छ । तुलसीको वायुमण्डल वरपर हानिकारक जीवाणु सल्बलाउन सक्तैनन् । जरादेखि फलसम्म भिन्न भिन्न औषधिय गुणले भरिपूर्ण छन् । काम नलाग्ने केही छैन । तुलसी झारपात यानी पोथ्रा वर्ग अन्तर्गत पर्दछ । जरा सतही हुने हुँदा पर्याप्त पानी सोस्न मुस्किल हुन्छ । हामीले चढाउने जलले यसको दैनिक प्रकाश सश्लेषण प्रक्रियामा मद्दत पुग्न सक्छ । हाम्रो प्राण जोगाउने, हितैसीको प्राण जोगाउने चेष्टा कर्मकाण्ड मात्र हुन सक्ला ?

अब केही पीपल वृक्षको चर्चा गरौं । पीपल मात्र एक यस्तो वृक्ष हो, जो हजारौँ वर्ष बाँच्ने क्षमता राख्छ । आफ्नो छायाँमा अन्य सयांै वनस्पति हुर्काउन सक्षम हुन्छ । जसको पत्ता पत्र पत्रमा अक्सिजन सिलिण्डर समाहित हुन्छ । जरा जरामा जलभण्डार निहित छ । यसका हाँगाबिगाँमा सयौँ चराचुरुङ्गीले आफ्नो गुँड बसाउन सक्छन् । हरेक टोलमा एउटा मात्र पीपल जोगाउन सके एक सिङ्गो युग जोगिन सक्छ । यस्तो प्रकृति संरक्षकलाई जगेर्ना गर्दा हाम्रो नै फाइदा हुन्छ ।

उपरोक्त वनस्पतिहरुलाई आदिम हिन्दु (सनातनी) जगतपालक विष्णुको उपमाका रुपमा लिन्छन् । प्राचीन ग्रन्थहरुमा विष्णुदेवलाई पालनहारका रुपमा व्याख्या गरिएको छ । जो धर्तिको समस्या समाधानकर्ता र प्रकृति संरक्षक दुवै हुन् । तुलसी र पीपलले पनि अक्सिजन र आश्रय दिएर घुमाउरो पारामा प्रकृतिको संरक्षण गरेका छन् । यसैले सनातनीहरु यी वनस्पतिप्रति जान अन्जान श्रद्धा र आस्था राख्ने गर्छन् ।

नछुने हुने

पश्चिमा समाजमा लोप भइ सकेको महिनावारी प्रथा पूर्वीय समाजमा अझै विद्यमान छ । प्रथाले महिनावारीको समयमा अरुलाई छुन नहुने बताउँछ । कहीँ कतै त यस बखत छुट्टै घर (छाउ) मा पनि राखिन्छ । यो व्यावधानलाई आधुनिक समाज मानवता विरोधी गतिविधिको पनि संज्ञा दिन्छ र चालचलनको दोष सिधा सनातनी सभ्यताको पोल्टामा जान्छ । तर के वर्तमानमा चलिरहेको चालचलन यथारुप थियो त आदिम कालमा ?

दिनको उज्यालोमा हिडेको बाटो रातको अँध्यारोमा हिँड्न सकिदैन । कारण हो डर । एउटा यस्तो अप्राकृतिक अदृश्य शक्ति जसले इच्छाशक्तिलाई खण्डित गरिदिन्छ । प्राचीन कालमा मानिसहरु पाप धर्ममा खुबैै विश्वाश राख्दथे । यहाँ धर्मको अर्थ कर्म हो । परोपकारी कर्मलाईु धर्म र अरुलाई समस्या पार्ने खालका अहितकारी क्रियाकलापलाई पापको संज्ञा दिईन थालियो । कालान्तरमा पाप यस्तो डर बन्यो जससँग मानव आवेग संवेगलाई नियन्त्रणमा लिन क्षमता थियो । पाप लाग्छ, नर्कमा गइन्छ । यी दुई शब्द हरेक दुष्कर्म रोक्ने सर्वसुलभ माध्यम बन्यो ।

दिनको उज्यालोमा हिडेको बाटो रातको अँध्यारोमा हिँड्न सकिदैन । कारण हो डर । एउटा यस्तो अप्राकृतिक अदृश्य शक्ति जसले इच्छाशक्तिलाई खण्डित गरिदिन्छ । प्राचीन कालमा मानिसहरु पाप धर्ममा खुबैै विश्वाश राख्दथे । यहाँ धर्मको अर्थ कर्म हो । परोपकारी कर्मलाईु धर्म र अरुलाई समस्या पार्ने खालका अहितकारी क्रियाकलापलाई पापको संज्ञा दिईन थालियो । कालान्तरमा पाप यस्तो डर बन्यो जससँग मानव आवेग संवेगलाई नियन्त्रणमा लिन क्षमता थियो । पाप लाग्छ, नर्कमा गइन्छ । यी दुई शब्द हरेक दुष्कर्म रोक्ने सर्वसुलभ माध्यम बन्यो ।

कालखण्ड परिवर्तन हुँदै जाँदा केही स्वार्थी मानिसहरुले पाप र धर्मको आफू अनुकुल व्याख्या गर्न थाले । चालचलन चालचलन मात्र रहेन, चल—चलन बन्यो । शक्तिको विपरित धारमा हिँड्नेको हविगत महाभारतका कर्णको जस्तै हुन सक्थ्यो । लगामको घोडा स्वचालित बन्न छाड्यो । जसकारण व्याख्याको बुझाई अप–व्याख्या भइ रहेछ ।

आधुनिक युगमा जस्तो त्यतिबेला घर—घरमा धारा हुँदैनथ्यो । शरीर धान्न नसकेको अवस्थामा सगोल परिवारको निमित्त पानीको व्यवस्था गर्न कत्तिको सम्भव कुरा हो ?कोसौँ पर पुगेर वा ईनारबाट तानेर ल्याउन मुस्किल नपर्ला ? छुन हुँदैन भन्दिएपछि सारा टन्टा साफ । अर्को कारण किन छुन हुँदैन्थ्यो भने पानीको माध्यमबाट छिटो रोग फैलन सक्छ । रजस्वाला भएकी महिला संक्रमण रहित नहुन सक्छिन् । फैलावटबाट जोगाउन उनले छोएको नचलाउन र उनलाई जलस्रोत नछुन आदेश भएको हो ।

त्यस्तै फलामका हतियार र कुटो कोदालो आदि पनि छुन वर्जित थियो । खेतबारीमा काम गर्न जान नपरोस् भनेर । गोबर छुन दिईन्थेन । यसका पनि दुई कारण छन् । एक त घरहरु सबै गोबर र माटाले लिपिन्थे । अर्को संक्रमण बढ्ला भनेर ।
सबैभन्दा महत्वपूर्ण पक्ष त अझ अरुलाई नछुनु हो । छुन नदिएको हेलना गरेर होईन । सह—अस्तित्वको कारण हो । जनैधारी पुरुष समीप नजानु भन्नुको अर्थ अझ गम्भिर छ । जनै धारण गर्नुको अर्थ वयस्क हुनु हो । वयस्क पुरुषले महिलाको शारीरिक र मानसिक अवस्थाको अवज्ञा पनि गर्न सक्थ्यो । किनकी यौनको मामिलामा पुरुष शिघ्र उत्तेजित र हिंस्रक हुने हुन्छन् । जनै एक लगाम अनि पाप एक सजाँय हुन सक्थ्यो । यहीं डरले स्त्री माथि उसको पौरुषत्व हावी हुनबाट जोगाउने अस्त्र बन्यो ।
दुध, रगत र वीर्यमा किटाणु छिटो पस्छन् । रजस्वालाको समयमा महिलालाई हरेक कोणबाट संक्रमणको खतरा हुन्थ्यो । लगाएको कपडामा रगत टाँसिएको हुन सक्थ्यो । त्यतिबेला सेफ्टी प्याडको उत्पादन हुने अवस्था पनि थिएन । यहीं कारण हो नजिक जानेलाई फर्केर आएपछि नुहाउन अह्राउनु पनि ।

पचास वर्ष अघिसम्मका कुखुरा नछुने ब्राम्हण समुदाय पचहत्तर सालसम्म आइपुग्दा नगण्यमात्र भेटिन्छन् भने पाँच हजार वर्षअघिको संस्कार आजसम्म कसरी उही रहन सक्ला ? के यस बीच कुनै मिस कम्युनिकेसन भएन होला र ? भारतीय सिनेमा पी.के. हेर्नु भएको छ भने बुझ्नुहुन्छः कोही थ्यो जसले बीचको समयमा घोटाला गर्यो । ऊसले डरको व्यापार कायमै राख्यो तर काममा चैं दलाउन थाल्यो । त्यसपछि सुरु भो कामकाज गर्ने चलन । तर अछुत भएर ।

महिलालाई महिनाको चारदिन वर्जित क्रियाकलाप सबै महिलाकै हितमा छन् । प्रथम द्वितीय र तृतीत दिन क्रमशः रक्तश्रावको मात्रा कम हुँदै जान्छ । धेरैको चार दिनपछि समाप्त हुन्छ । सीमितको मात्र सात दिनसम्म रहन सक्छ । शरीर कमजोर हुने, रिगंटा लाग्ने र झिँझो मान्नेजस्ता घटना सामान्य हो । यसबीच महिलालाई उच्च पौष्टिक आहार र एकान्त चाहिने हुन्छ । सोको परिपूर्तीको लागि चारै दिन बिना कुनै कामधन्दा एक कक्षमा राखेर उनीहरुको स्याहार गर्ने चलन थियो । न कि आजको दिन जस्तो भैँसी गोठमा ।

मन्दिर मुर्ति पूजन

संसारलाई चलायमान राख्ने एक अदृश्य शक्ति छ । अभौतिकताप्रति आस्था राख्नेहरु यसलाई ईश्वरीय उपमा दिन्छन् भने भौतिकवादीहरु मात्र परिवर्तित शक्तिको नाम दिन्छन् । जसले जुन रुपमा व्याख्या गर्ने गरेता पनि शक्तिको अस्तित्व पुष्टि हुन्छ । प्रसंगलाई सनातनीको द्वारसम्म खिचेर ल्याउदा शक्तिपुञ्ज मूर्तिकलामा परिवर्तित छ ।

सनातनीको दृष्टिबाट हेर्दा मन्दिरभित्रको मूर्ति हामीलाई अलौकिक शक्तिसँग साक्षातकार गराउने एक माध्यम हो । ईश्वर सजिलै प्राप्त गर्न सकिदैन । प्रतिमा स्थापनाबाट भक्ति भोक शान्त हुनसक्छ । जस्तै कि कुनै रेडियोको प्रशारण तपाईंको कानसम्म आईपुग्न सेटको सहायता चाहिन्छ । मन्दिरभित्रको मूर्तिले पनि आफूभित्रको ईश्वरीय आभासलाई जगत्मा देख्न सघाउछ । भौतिकता र अभौतिकताको अन्तरसम्बन्धको व्याख्या गरिदिन्छ ।

हामीलाई थाहा छ । ईश्वर हृदयमा विराजमान छन् । आफूभित्र भएको ईश्वरलाई मन्दिरभित्र राखिएको शिलामा पुज्नुको आवश्यकता किन पर्यो ? प्रश्नले सबैलाई खाएकै हुनुपर्छ । यहाँ अलिकति दार्शनिकताको पाटो छ । मन्दिर जानु वास्तवमा ईश्वर खोज्न जाने होइन । सांसारिकताको भुमरीमा हराएकाले आफैलाई खोज्न जाने हो । केही क्षणको निमित्त आफू हुनु र नहुनुको औचित्य खोज्न जाने हो । उदाहरणका लागि सिनेमाघरमा ‘सिनेमा’ लागिरहेको हुन्छ । जुन कुरामा तपार्इं पूर्ण जानकार हुनहुन्छ । त्यहाँ प्रस्तुत हुने घटना र दृश्यका पनि केही हदसम्म आकंलन छ । तर पनि हलभित्र प्रवेश बिना त त्यहाँ भित्रको वास्तविक माहोलसँग साक्षातकार हुन पक्कै सक्नु हुन्न । थाहा पाउन ुहुन्न कि त्यो कथामा तपाईं पनि एक पात्र हुनहुन्थ्यो ।

मन्दिर जानुको मनोवैज्ञानिक पक्ष पनि छ । वरिपरिको वातावरण आस्थामय देखिन्छ । दर्शनाभिलासीहरु आस्था र भक्तिको सागरमा चुर्लुम्म डुबेका हुन्छन् । साथमा प्रभाविताको सिद्धान्तलाई पनि नकार्न सकिदैन । सम्पूर्ण भौतिक सुखसुविधा बिर्सिएर वैराग्यतर्फको चिन्तन बढ्न थाल्छ । वैराज्ञताको चिन्तनले मानव हुनुको औचित्य बोध गर्न सहायता गर्छ । हामी आफैसँग प्रश्न गर्न थाल्दछौँ कि भौतिक सुखसुविधाका लागि प्रदत्त हुनु मात्र मानवीय चोलाको सार हो ? मेरो जन्म किन र के का लागि ? जब मानिस आफूभित्र यस्ता प्रश्नको उत्तर खोतल्ने प्रयास गर्छ ऊ झन् झन् कारुणिक हुँदै जान्छ ।
स्वार्थले ग्रस्त कलियुगमा कारुणिक महत्वको व्याख्या गर्ने क्षमता ममा विद्यमान छैन ।

कर्मक्रिया

मानव हुनुको अर्थ परोपकारी हुनु पनि हो । स्वार्थका निम्ति त जनावर पनि बाँच्दछन् । मानव हुनुको पृथकता के त ? यहीं पृथकतासँग परिचित हुन सनातन संस्कारले कर्मकाण्डी हुन सिकाएको छ । अब तपाईंलाई लाग्न सक्छ कर्मकाण्डी भएर कोही कसरी परोपकारी हुन सक्छ ? प्रश्न जति जटिल देखिन्छ उत्तर त्यति नै सरल र सरस छ ।
कर्मकाण्डले अनुयायीहरुलाई सीमित घेरामा राख्ने गरेको छ । केही परिधिहरु निर्धारण गरेको छ । जसकारण स्वस्थ जीवनयापन गर्नमा सहयोग पुगेको छ । व्यक्तिले स्वहितका लागि कार्य गर्दै गर्दा नजादिंदो पाराले परोपकार गर्न पुग्छ । पारिवारिक सम्बन्ध सुगठित बन्न पुग्छ । यस्तो रहस्यमय छ कर्मकाण्ड पद्धति । नबुझेर पो हो कि अपहेलनामा परेको ?

कर्मकाण्डको भने पहिलो चरण शरीर शुद्धिकरण हो, सार दानधर्म (कर्म) हो । बीचमा जत्ति पनि कार्य गरिन्छन्, सबै जगत कल्याणमा निहित छन् । कर्मकाण्ड विधिमा सरिक हुनु पूर्व कर्ताको शरीर शुद्ध हुनु अनिवार्य छ । शरीर शुद्ध हुनुको अर्थ स्नान गर्नु चिरिच्याट्ट पर्नु हो । यसको फाइदा पनि त कर्तालाई नै हो । झन् प्रातः कालीन स्नानले त पुरा दिन स्फूर्ति दिलाउँछ । सकारात्मक उर्जा प्रवाह गराउछ । सकारात्मक उर्जाले बाँधिएको मानिसको कार्य सम्पादन चुस्त हुन्छ । असफलताले भाँजो हाल्दैन । यी सवै घटनाहरु अन्तरनिहित हुन्छन् । एक अर्कासँग सापेक्षतामा रहेका ।

सामन्तवादको संज्ञा पाएको सम्प्रदाय कर्मकाण्डलाई आधार मानेर तौलने हो भने बिल्कुल उल्टो छ । मानवताको चरम शिखरमा छ, जसमा आदेश छ । तपाईंले कुनै पनि देवकार्य अथवा पृत्रीकार्य गरे पश्चात् सकेको दान दक्षिणा गर्नुहोस् । भोकालाई भोजन देउ, नाङ्गालाई लत्ता दिनुहोस् । सक्नुहन्छ भने अझ वरपरका जोगीलाई खोजी–खोजी खान दिनुहोस् । जोसँग चार हातपाउ बाहेक अर्थोक छैन, उसको खोजी गरेर खुवाउने कार्यभन्दा परोपकारी अन्य केही होला ?

मानवलाई मात्र होईन प्रकृति र यसका संवाहकप्रति पनि प्रेम र कदर दर्शाउन सिकाउँछ कर्मक्रियाले । गाईलाई दैनिक भोजन दिनु, भूमिपुजन, तिहारमा काग, गोरु र कुकुर जस्ता सहयोगीका पुजाआजा बाहेक पनि थुप्रै उदाहरण अरु छन् । मेरो ज्ञानले भ्याएसम्म कर्मक्रियाका विधि पनि आफैमा अद्भुत छन् । जस्तो कार्य सुरु हुनुभन्दा अघि लिईने पञ्चकव्य (गहुँत) ले दिनभरी भोको बस्दा हुने शुलबाट जोगाउने रहेछ । अग्निमा होम गर्दा प्रयोग गरिने गाईको घिउ मिश्रित चामलको धुँवाले वायुमण्डल जोगाउने सामथ्र्य राख्दो रहेछ । यस्ता कैयन फाइदाहरु छन् जसलाई समेट्दा पुरै किताबमा नअट्न सक्छ ।

मानवलाई मात्र होईन प्रकृति र यसका संवाहकप्रति पनि प्रेम र कदर दर्शाउन सिकाउँछ कर्मक्रियाले । गाईलाई दैनिक भोजन दिनु, भूमिपुजन, तिहारमा काग, गोरु र कुकुर जस्ता सहयोगीका पुजाआजा बाहेक पनि थुप्रै उदाहरण अरु छन् । मेरो ज्ञानले भ्याएसम्म कर्मक्रियाका विधि पनि आफैमा अद्भुत छन् । जस्तो कार्य सुरु हुनुभन्दा अघि लिईने पञ्चकव्य (गहुँत) ले दिनभरी भोको बस्दा हुने शुलबाट जोगाउने रहेछ । अग्निमा होम गर्दा प्रयोग गरिने गाईको घिउ मिश्रित चामलको धुँवाले वायुमण्डल जोगाउने सामथ्र्य राख्दो रहेछ । यस्ता कैयन फाइदाहरु छन् जसलाई समेट्दा पुरै किताबमा नअट्न सक्छ ।

अन्यमा प्रश्न उठ्न सक्छ परोपकार त बिना कर्मकाण्ड पनि संभव छ । फेरि किन जरुरत पर्यो यसको ? वर्षभरी कम्तिमा महिनाका एकदिन चाडबाड मनाएर के हुन्छ ? कर्मकाण्ड बिना पनि परहित गर्नु बिल्कुल जायज छ । तर कर्मक्रिया हुनु र नहुनुमा अलिकति फरक छ । कर्मकाण्ड सँगसँगै जगत कल्याण छ भनेर भुल्न हुँदैन । विभिन्न तिथि–मितिमा गरिने साम्प्रदायिक क्रियाकलापले आफन्त र प्रियजनसँगको सामिप्यता बढाउन मद्दत गर्छ । सम्बन्धमा दरार लागेको भए पुर्नमा सहयोग गर्छ । चाडवाड मनाउँदै गर्दा हप्ता महिनाका दुःख दर्द भुलिन्छ । परिवारमा हर्ष र उल्लासको वातावरण सिजर्ना हुन्छ । पारिवारीक सम्बन्ध सृदृढ र दिगो हुन्छ । आर्थिक पाटो पल्टाएर हेर्ने हो भने कुनै चाडको कारण क्षेत्रीय व्यापार पनि बढोत्तरी हुन्छ । सबैभन्दा ठूलो कुरा यसले पहिचान र संस्कृतिको जगेर्ना गर्छ ।

औचित्य

अतः मेरा दृष्टिमा संस्कार र कुसंस्कार क्षेत्र सापेक्ष निर्धारित विम्व हुन् । यी दुई बीचको परिभाषामा थोरै मात्र अंंतर निहित छ । विवेक बिनाको संस्कार कुसंस्कारमा परिणत हुन समय लाग्दैन । आफ्नो स्वःविवेक प्रयोग गरिएमा कुसंस्कार पनि संस्कार बन्न सक्छ ।
आधुनिक युगमा सबैलाई उसको विचारको पूर्ण स्वतन्त्रता छ । एकलाई सही लागेका कुरा अर्कालाई अपाच्य लाग्न सक्छ । तर्क र तथ्य फरक हुन सक्छ । पङ्तिकारकाे मान्यतामा असहमत हुन पाठकलाई पूर्णाधिकार छ । तर आदिम, पुरातनवादी, कुसंस्कारी र सामन्तवादी भन्दै लाञ्छना लाउनुपुर्व आफ्नो विवेकमत्ताको प्रयोग गर्ने कि नगर्ने ? वैज्ञानिक पाटाहरु केलाउने कि नकेलाउने ? भुल्नु हुँदैन निर्णयले वक्ताको व्यक्तित्व झल्काउँछ ।

यस लेखलाई सल्लेरी खबरमा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

One Response

  1. Arjun acharya
    April 29, 2020

Leave a Comment