कोरोना अनि म

लोक भन्छ;
जगत् मिथ्या ईश्वर एक मात्र सत्य ।
स्लोक भन्छ;
जले विष्णु, स्थले विष्णु ।
विष्णु नै सर्वे सर्वा ।।
यस संसारमा, विष्णुभन्दा पर केही छैन !
न त विष्णुभन्दा भिन्न केही छ ।।
म हुँ विष्णुको एक अंश,
तिमि पनि हौ विष्णुको एक स्वरुप !
यसरी त हामी एक अर्काका पर्याय बन्यौ कोरोना !
आउ कोरोना, हामी एक अर्कामा एकाकार हौं ।
हाम्रो एकाकारीता,
जगत् का लागि प्रलयको होइन, प्रेमको मिसाल बनोस् ।
शून्यदेखि, शून्यसम्मको यात्रामा,
हामी, एक अर्काका सारथी बनौ ।
यसै प्रकृतिबाट निस्किएका हामी,
यसै धर्तीमा नामेट भै जाऔं ।
हामि एक अर्कामा बिलिन हुँदा प्रकृति हास्नेछिन् !
पुनः एक पटक ।।

Sos

Leave a Comment