अस्तित्व

खै के हो ?

कहाँ हो ?

के हाे ?

अर्थहीन शब्द हो ?

या शब्दहीन अर्थ !

तर, हो ऊ पक्कै ।

फेरिपनि कहिँ देखिदैन ।

अस्तित्व नकार्न पनि सकिदैन !

ऊ तनाव हो कि, हो ऊ खुसी ?

ऊ एक उद्वेग हो या सौम्य ?

बोलाउनेहरू भन्छन् जीन्दगी ।

चिन्नेहरू मृत्यु !

Leave a Comment